नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीयः उद्योगमन्त्री भण्डारी

३१ बैशाख २०८२, बुधबार ११:५१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बीमापोष्ट डटकमलाई पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीय रहेको बताउनु भएको छ।

मन्त्री भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चार माध्यमहरूले औद्योगिक वातावरण सिर्जना गर्न सकारात्मक सन्देशमूलक विषयवस्तुहरू उत्पादन तथा प्रशारण गर्नु पर्ने र बीमापोष्टले वित्तीय साक्षरता सम्बन्धी जनचेतना गाउँघरसम्म पुर्‍याउन आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिनुभएको शुभकामना सन्देशः

शुभ–कामना

बीमा, बैंक र आर्थिक क्षेत्रलाई समेटेर सञ्चालन हुँदै आइरहेको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा २०७८ बैशाख ३१ गतेबाट सञ्चालित बीमापोष्ट डटकम (www.beemapost.com) अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

देशको आर्थिक विकासमा आर्थिक बिषय समेटेर सञ्चालित सञ्चार माध्यमहरूको भूमिका रहेको हुन्छ । पछिल्लो समय आर्थिक तथा व्यापारिक गतिविधि र औद्योगिक क्षेत्रको समग्र विकास र समृद्धिमा निष्पक्ष रूपमा सञ्चालित सञ्चार माध्यमहरूले खेलको भूमिका अहम् रहेको छ । औद्योगिक विकास, पूँजी बजारको प्रवद्र्धनले मात्रै देशमा लगानीको वातावरण सिर्जना हुने हुँदा सञ्चार माध्यमहरूले औद्योगिक वातावरण सिर्जना गर्न सकारात्मक सन्देशमूलक विषयवस्तुहरू उत्पादन तथा प्रशारण गर्नु पर्दछ ।

बीमा, बैंक, वित्त तथा आर्थिक क्षेत्रलाई आधार बनाएर सञ्चालित बीमापोष्ट डटकमले नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा खेलेको भूमिका सराहनीय रहेको छ । वित्तीय साक्षरता सम्बन्धी जनचेतना गाउँघरसम्म पुर्‍याउन सकेमा देशको आर्थिक विकास र समृद्धिमा थप टेवा पुग्नेछ ।

अन्त्यमा बीमापोष्टले मनाउन लागेको पाँचौं वार्षिकोत्सवको पावन अवसरमा सम्पूर्ण परिवार तथा पाठक वर्गहरूमा समेत उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

२०८२ बैशाख ३१

दामोदर भण्डारी
मन्त्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*