बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिका अहम् छः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

काठमाडौं । बीमा सर्भेयर संघ, नेपालका सभापति मोहन पुरुष ढकालले बीमापोष्टको पाँचौ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुदै बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रलाई नै भएको बताएका छन् ।
बीमापोष्ट डटकममा सम्प्रेषण भएका कैयौं समाचारहरु पढेर, हेरेर बीमा सर्भेयरहरुले आफ्नो दक्षता अभिबृद्धि गरेका छन् । त्यसैले बीमा क्षेत्रमा कार्यरत बीमा कर्मचारी, अभिकर्ता र सर्भेयरको दक्षता, क्षमता अभिबृद्धिमा बीमापोष्टको अतुलनीय योगदान रहेको छ ।
शुभकामना
महोदय,
विषयः पाँचौं वार्षिकोत्सवको शुभकामना ।
२०७८–०१–३१ गते बाट सूचना प्रवाह गर्दै मासिक २० लाख समाचारहरु, १० लाख जति पाठकले विश्वको १२० भन्दा बढी राष्ट्रका समाचार सूचना मासिक १० लाख बढी पाठकले मासिक २० लाख सूचनाहरू पढ्ने वातावरण बनाउने सीमित (कर्मचारीहरु) तर दक्ष र प्रयत्नशील कार्य गरी विश्राम नलिने १३ जना कर्मचारीहरुले तपाईंको अगुवाइमा ४ वर्षसम्म अविच्छिन्न मेहनतको फल प्राप्त गर्नु भई निरन्तर प्रयास गरी पाठकसम्म सूचना प्रवाह गर्ने यहाँका सहकर्मी, सहयोगी र तपाईको संस्थालाई शुभकामना व्यक्त गर्दछौं ।
धन्यवाद
मोहन पुरुष ढकाल
सभापति, बीमा सर्भेयर संघ, नेपाल













