नेपाल माइक्रो इन्स्योरेन्स र नेशनल प्याव्सनका बीचमा बीमा व्यवसाय सम्बन्धी सम्झौता

३१ बैशाख २०८२, बुधबार १८:३१

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि. ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी नेशनल प्याव्सनसँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । यसै अवसरमा आयोजित कार्यक्रममा यस बीमा कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको कुरा नेशनल प्याव्सनकी सभापति गीता क्षेत्री राणाले बताएका छन् ।

हालसालै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आएको एनएमआईसी बिद्यार्थी सुरक्षा योजना नामक नयाँ लघु बीमा लेखका विषयमा नेशनल प्याव्सनसँग सहकार्य गर्न पाउँदा झन् खुशी लागेको कुरा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले बताएका छन् ।

बीमा व्यवसायका विषयमा नेपाल माइक्रो इन्स्योरेन्स कं.लि. को प्रदेश कार्यालय, गैह्रिधारा, काठमाडैमा मिति २०८२।०१।३१ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र नेशनल प्याव्सनका तर्फबाट सभापति गीता क्षेत्री राणाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कं.लि. का नायव प्रमुख कार्यकारी अधिकृत श्री अनिल राज गिरी तथा नेशनल प्याव्सनका वरिष्ठ उपसभापति श्री सूर्य बहादुर अधिकारी लगायतको उपस्थिति रहको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*