बीमापोष्टको पाँचौं वार्षिकोत्सव सम्पन्न, बीमा तथा वित्तीय पत्रकारितामा थप जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता

३१ बैशाख २०८२, बुधबार १९:१६

काठमाडौँ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित बीमापोष्ट डटकमले आफ्नो पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ। काठमाडौँको पुतलिसडकस्थित एओसि क्याफेमा आयोजित चियापान कार्यक्रममार्फत वार्षिकोत्सव सम्पन्न भएको हो।

वार्षिकोत्सव  कार्यक्रममा बीमा क्षेत्रका नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

बीमापोष्टका सम्पादक नवराज न्यौपानेले कार्यक्रममा बोल्दै बीमा तथा वित्तीय क्षेत्रको सूचना प्रवाहमा बीमापोष्टले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उनले चार वर्षको अवधिमा बीमापोष्टले सुदृढ पहिचान बनाउन सफल भएको बताउँदै अब अझ शसक्त, उत्तरदायी र अनुसन्धानमुखी पत्रकारितातर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘हामीले बीमा र वित्तीय क्षेत्रको सूचनालाई जनतासमक्ष सरल, स्पष्ट र तथ्यपरक तरिकाले पुर्‍याउने प्रयत्न गरेका छौं। अबको यात्रामा अझ गहन विश्लेषण र नीति निर्माताहरूमाझ प्रभावकारी संवादको माध्यम बन्ने लक्ष्य लिएका छौं ।’

कार्यक्रममा बीमापोष्टमा कार्यरत कर्मचारी तथा सहभागी अतिथिहरुले पनि शुभकामना मन्तव्य दिएका थिए। उनीहरूले बीमापोष्टले आगामी दिनमा अझ सशक्त रुपमा आफ्नो पहिचान विस्तार गर्ने विश्वास व्यक्त गरे।

बीमा तथा वित्तीय क्षेत्रको विशेष जानकारीमूलक सामग्री प्रकाशन गर्दै आएको बीमापोष्ट डटकमले छोटो समयमा नै विश्वासिलो सूचना स्रोतको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ। कार्यक्रममा बीमापोष्टमा कार्यरत नौ जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*