आजसम्म छ्याङ्दी हाइड्रोको शेयर किन्नेले हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजसम्म छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर खरीद गर्नेले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन पाउने छन्।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर खरीद गर्नेले मात्रै हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण शेयर बराबर १ कित्ता नयाँ शेयरका दरले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको थियो।
बोर्डले कम्पनीलाई प्रतिकित्त अंकित मूल्य १ सय रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। हकप्रद निष्कासनबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ।
कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन।












