विन नेपाल लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

१ जेष्ठ २०८२, बिहीबार ०७:४३

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे २५ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म कम्पनीको खुद नाफा ४७ करोड ९७ लाख रूपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा कम्पनी नाफामा गएको हो।

यससँगै गत वर्ष ८ रूपैयाँ ०८ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४ रूपैयाँ २९ पैसा धनात्मक भएको छ।कम्पनीको खुद ब्याज आम्दानी १३ करोड २७ लाख रूपैयाँ रहेकोमा चालू आवमा बढेर ३२ करोड ४० लाख रूपैयाँ नाघेको छ।

गत वर्ष कम्पनी ४८ लाख १० हजार रूपैयाँ सञ्चालन घाटामा रहेकोमा यस वर्ष १० करोड ४१ लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ। कम्पनीको कुल सञ्चालन आम्दानी भने २ करोड ३ लाख रूपैयाँबाट बढेर ३ करोड ७१ लाख रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ७ करोड ९२ लाख रूपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड ५८ लाख रूपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोष २ करोड १४ लाख रूपैयाँ ऋणात्मक छ।

खराब कर्जा ४.९६ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रूपैयाँ ९० पैसा र वितरणयोग्य नाफा २ करोड १४ लाख रूपैयाँले ऋणात्मक छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*