सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

१ जेष्ठ २०८२, बिहीबार ०८:००

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आउँदो जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गते रहेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*