सान्भि इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

१ जेष्ठ २०८२, बिहीबार ०८:५०

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले गत वैशाख ५ देखि १९ गतेसम्म निष्कासन गरेको पहिलो चरणको आईपीओ हिजो बाँडफाँड गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले ३७ लाख ९० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ८० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

आईपीओमा मागभन्दा बढी आवेदन परेकाले निष्कासन अवधिभर रीतपूवर्क आवेदन दिएका आवेदकलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

आईपीओको नतिजा मेरो शेयर, बिक्री प्रबन्ध नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिने छ।

यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई जेठ ९ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ।

सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*