लगातार पाँचौ दिन पनि घट्यो बजार, विकास बैंकका लगानीकर्ताले करोडौ गुमाए

१ जेष्ठ २०८२, बिहीबार १५:०६

काठमाडौँ । लगातार पाँचौ दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार दिनप्रति दिन ओरालो लाग्दा लगानीकर्ताको मनोबल समे कमजोर भइरहेको हो । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले लगानीकर्ता अन्यौलमा रहेका छन् । शेयर बजारमा प्रमुख भुमिका खेल्ने मौद्रिक नीति तथा वित्त नीतिको नेतृत्व गर्ने ब्यक्ति अन्यौलमा पर्दा लगानीकर्ता चिन्तित छन् ।

लगानीकर्ताले पुँजी बजारमैत्री गभर्नर र आगामी आर्थिक वर्षको बजेट पर्खि रहेका हुन् । जस कारण यो समयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यी दुई माग सम्बोधन हुन सके बजार नयाँ रौनक आउने विश्वास लगानीकर्ताहरुले गरिरहेका छन् ।

बैंकहरूको ब्याजदर घट्दै जानु, तरलताको सहजता तथा धितो कर्जाको प्रवाहले बजारलाई टेवा दिने आश रहेको छ । अब आगामी बजेटमार्फत लगानीमैत्री योजना र माग पक्ष सबल बनाउने कार्यक्रम ल्याउन सकेमा बजारमा नयाँ ऊर्जा आउने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६१२.८९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज विकास बैंकको शेयर सर्वाधिक घटेको छ । कम्पनीको शेयर २.२१ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन, ८२ कम्पनीको शेयर मूल्य घट्दा १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*