५७ औं बीमा दिवस २०८२ को अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

१ जेष्ठ २०८२, बिहीबार २१:१६

पोखरा, जेठ १ – पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस मा बिबिए बिआई तथा बिबिए फाइनान्समा अध्ययनरत बिद्यार्थीहरुद्धारा स्थापित बीमा, बैंक र लगानी सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने, अनुसन्धान तथा प्रचार प्रसार गर्ने उद्देश्यले स्थापित गरिएको “बीमा, बैंकिङ तथा लगानी अध्ययन समूह (Study Group for Insurance, Banking and Investment – SGBI) ” ले ५७ औं बीमा दिवस २०८२ को अवसरमा “सबैका लागि बीमा, सुरक्षित भविष्यका लागि आधार” भन्ने मूल नाराका साथ पोखरा लेखनाथमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कलेजको प्रांगणमा स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नु भएको थियो । सडक नाटक, बीमा गीत सहितको नृत्य, बिभिन्न बीमा सम्बन्धी नारा सहितका् यालीले खुदी बजार, पावर हाउस लगायतका स्थानहरु परिक्रमा गरेको थियो । अध्यक्ष कुसुम श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रमको संचालन सचिव अनुभूति घिमिरेले गरेकि थिइन् ।

र्यालीमा २०० भन्दा बढी विद्यार्थीहरुले प्लेकार्ड सहित गाउं तथा शहर परिक्रमा गरेका थिए । कार्यक्रम अन्तर्गत आयोजित र्‍यालीले बीमाको महत्त्वबारे आम नागरिकमा जानकारी फैलाउने उद्देश्य राखेको थियो। र्‍यालीमा बीमा क्षेत्रका विज्ञ, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधि तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। र्‍याली लेखनाथका मुख्य बजार क्षेत्र परिक्रमा गरी बीमाको आवश्यकता, लाभ तथा सामाजिक सुरक्षामा यसको भूमिका सम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित आयोजित गरिएको हो।

यस अवसरमा आयोजित सडक नाटक (Street Drama) ले बीमा नहुँदा व्यक्ति तथा परिवारले भोग्नुपर्ने आर्थिक संकट र बीमा भएमा त्यसबाट प्राप्त सुरक्षा कवचलाई भावनात्मक तरिकाले प्रस्तुत गर्‍यो। नाटकले बीमा सेवाप्रति विश्वास अभिवृद्धि गर्ने र सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने सन्देश दिएको थियो। SGBI का तर्फबाट अध्यक्ष कुसुम श्रेष्ठले भने, “बीमा नाफाको माध्यम मात्र होइन, सामाजिक सुरक्षा तथा जोखिम व्यवस्थापनको आधार पनि हो। हामी यो कार्यक्रममार्फत बीमा नीतिको व्यावहारिक महत्त्व जनमानसमा पुर्‍याउन चाहन्छौँ।” हरेक वर्ष बीमा दिवस मनाउंदै आएको छ ।

कार्यक्रमले पोखरा क्षेत्रका नागरिकमा बीमा सेवाप्रति चेतना अभिवृद्धि गर्न सघाउ पुर्‍याउने विश्वास गरिएको छ। SGBI ले आगामी दिनहरूमा पनि वित्तीय साक्षरताका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*