कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु

२ जेष्ठ २०८२, शुक्रबार ०९:५३

काठमाडौं । मर्निङ वाकमा निस्किएका दुई महिलालाई आज बिहान कारले ठक्कर दिंदा ज्यान गएको छ।

शुक्रबार बिहान करीब ५ बजेर ४५ मिनेटको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा कारको ठक्करबाट ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको ज्यान गएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा उनीहरूलाई ठक्कर दिएको हो।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ का ३२ वर्र्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*