निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम

२ जेष्ठ २०८२, शुक्रबार १३:१६

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकमार्फत निजामती सेवा विधेयक पारित गर्दै अब अवकाश उमेर ६० वर्ष नै लागू हुने व्यवस्था गरेको हो ।

यसअघि निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष तोकिएको थियो । समितिबाट पारित विधेयकमा निजामती सेवाको संरचना तथा पदपूर्ति सम्बन्धी विषयमा समेत नयाँ व्यवस्था गरिएको छ । समितिले सहसचिव र सचिवबीचको पद रिक्तता तथा प्रशासनिक आवश्यकता मध्यनजर गर्दै ‘अतिरिक्त सचिव’ नामक नयाँ पद सिर्जना गर्ने निर्णय गरेको हो ।

नयाँ संरचनाअनुसार अब निजामती सेवामा सहसचिवभन्दा माथि र सचिवभन्दा तलको तहमा अतिरिक्त सचिव रहनेछन् । अतिरिक्त सचिवलाई १३औं तहमा राखिनेछ भने सचिव १४औं तह र मुख्य सचिव १५औं तहका पदाधिकारी हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*