निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो ३.२८, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?

२ जेष्ठ २०८२, शुक्रबार १३:३९

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२८ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.६२ रहेकोमा यस वर्ष सामान्य बृद्धि भएको हो ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये नेपाल इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ४.३४ रहेको छ । सोल्भेन्सी रेसियोले नेपाल इन्स्योरेन्सलाई सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापीत गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा प्रभु इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.९२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत आवको तुलनामा सामान्य अंकले बृद्धि भएको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सोल्भेन्सी अनुपात ३.४२ रहेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो उच्च अंकले बृद्धि भएको छ । सो कम्पनीको सोल्भेन्सी अनुपात ३.४२ रहेको छ ।

सोल्भेन्सी रेसियो बढी भएका कम्पनीहरुको जोखिम धारण क्षमता बढी हुन्छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सोल्भेन्सी रेसियो गत आवको तुलनामा बृद्धि भएर ३.३२ रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सोल्भेन्सी रेसियो ३.१८ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन ।

त्यस्तै, नेशनल इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.७९ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत बर्षको तुलनामा कुनै फरक छैन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.७५ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको २.७३ रहेको छ भने द ओरियण्टल इन्स्योरेन्सको २.६२ रहेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.६२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।

सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण सोल्भेन्सी रेसियो उल्लेख गरेको छैन् ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*