तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
४ जेष्ठ २०८२, आईतवार ०७:३१

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ४ गते अन्तिम दिन रहेको छ।
यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।
यसका लागि कम्पनीले भोलि जेठ ५ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कम्पनीको साधारण शेयर खरीद गर्नेले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउने छन्।
कम्पनीले हाल हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।












