नेको इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

४ जेष्ठ २०८२, आईतवार ०८:०१

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलामी प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रूपैयाँ तोकेर ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयरका लागि बोलपत्र आह्वान गरेको थियो।

बिक्री अवधिभर परेका बोलपत्रहरू वैशाख २६ गते बिक्री प्रबन्धक सानिमा क्यापिटलले बाँडफाँड गरेको हो।

उक्त शेयरको सर्वसाधारण तर्फ बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ६९७.८६ रूपैयाँ रहेको र सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

शेयर नपाएकाहरूको रकम आजदेखि कनेक्ट आईपीएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*