राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार महालेखाको प्रतिवेदनमा छर्लङ्ग, अख्तियार र प्राधिकरण मौन

तीन करोडमा बनेको संरचनामाको साढे ८ करोडको भुक्तानी
४ जेष्ठ २०८२, आईतवार १३:०१

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भेरी बबई सिचाँई आयोजनामा कम्पनीका उच्च तहका पदाधिकारीको मिलेमतोमा ६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारलाई महालेखा परिक्षण प्रतिवेदनमा छर्लङ्गै प्रष्ट पारिएको छ । तर नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले छानविन प्रतिवेदनमा दोषीलाई किटान गर्दै निलम्बन गर्न सिफारिस गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।

कम्पनीले भेरी बबई हाइड्रोपावर परियोजनाको निर्माण कम्पनीलाई भुक्तानीयोग्य रकमभन्दा बढी रकम भुक्तानी गरेको पाइएको हो । कम्पनीले संरचनामा क्षतिको दुई गुणा बढी भुक्तानी गरेको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा कम्पनीले भुक्तानीयोग्य रकमभन्दा बढी दिएको पाइएको भेटिएको हो ।

तीन करोड रुपैयाँमा बनेको संरचनामा क्षति पनि सोही हारहारीमै हुनुपर्ने थियो । तर, त्यसमा राष्ट्रिय बीमा कम्पनीले आठ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले त्यसमा संलग्न सर्भेयर र कम्पनीलाई पनि कारवाही गनुपर्ने बताएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमक, बीमक मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्नसक्ने व्यवस्था रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । भेरी बबई हाइड्रोपावर आयोजनाको एक निर्माण व्यवसायीले आईपीसी नं. २ बाट ३ करोडमा सम्पन्न गरेको कफर ड्यामलगायत अन्य संरचनामा २०७७ असार ८ मा आएको बाढीबाट क्षति भएपछि राष्ट्रिय बिमा कम्पनीमा बीमा दाबी प्रस्तुत गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले एक सर्भेयरलाई सो संरचनाको क्षति मूल्यांकन गर्न नियुक्त गरेकोमा सर्भेयरले अन्तरिम भुक्तानी र रनिङ बिलबापत ८ करोड ८८ लाख ३० हजार क्षतिको मूल्यांकन गरेको र बीमालेखको शर्तअनुसार राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६० लाख भुक्तानी गरेको देखिएको कैफियत भेटिएको छ।

पुनर्बीमा कम्पनीमा उक्त रकमको दावी प्रस्तुत गरे तापनि सो रकम प्राप्त भएको देखिएन । भुक्तानीयोग्य रकमभन्दा बढी भुक्तानीको लागि बीमक र सर्भेयर उपर प्राधिकरणले छानविन गरी आवश्यक कारबाही गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

भेरी–बबईमा छ करोड भ्रष्टाचारमा संलग्न कोइरालासहितलाई निलम्बन गर्नुपर्ने बीमा प्राधिकरणकै प्रतिवेदन कार्यान्वयन भएन

राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*