महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

५ जेष्ठ २०८२, सोमबार ०८:११

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर यसअघि नै शेयर खरीदका लागि प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*