पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति
५ जेष्ठ २०८२, सोमबार १०:२४

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।
यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रूपैयाँका दरले १ः०.५० को अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न बाटो खुलेको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
1747567996201











