प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता

५ जेष्ठ २०८२, सोमबार १३:१९

काठमाडौं । प्रभु बैंक लिमिटेडसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकार लिमिटेडबीच छुट सम्झौता भएको छ।

यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स र कालिका केबलकारका सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिने छ।

समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्।

यससँगै अब प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट तथा आवास सेवामा १० प्रतिशत छुटसहित केबलकार यात्रा निःशुल्क पाउनेछन्।

यस्तो सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई थप गुणस्तरीय सेवा तथा फरक अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*