राधी विद्युत र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

५ जेष्ठ २०८२, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक ५९ करोड ७६ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ५१ करोड ७ लाख रुपैयाँ, हिमालय रिको ४१ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।

त्यसैगरी ङादी ग्रुप पावरको २७ करोड ३९ लाख, युनिभर्सल पावरको २४ करोड ९३ लाख, चन्द्रागिरी हिल्सको २३ करोड ६७ लाख, एनआरएनको २० करोड २१ लाख, सोल्टी होटलको १९ करोड २७ लाख, सानिमा माइ हाइड्रोको १५ करोड ८३ लाख र गार्डियन माइक्रो लाइफको १४ करोड ८३ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*