बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यताको झुठा विवरण माथिको बहस सुरु
५ जेष्ठ २०८२, सोमबार १५:४१

काठमाडौैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ।
योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशीमा बहस सुरु भएको हो ।
चैत ३१ गतेको पेशी हेर्ने नमिल्ने भएपछि आज बहस राखिएको थियो । आज उक्त मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको हो ।
ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । चैत २० गते प्रारम्भि सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा लिखित जवाफ पेश गर्न भनिएको थियो । अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको थियो । आजको पेशीमा पूर्ण छलफल पनि हुन सक्नेछ ।













