गभर्नर नियुक्तिको बिषयमा प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने विषयलाई केन्द्रमा राखेर छलफल हुने भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक परिस्थितिसँगै राष्ट्र बैंकको नेतृत्वबारे गम्भीर छलफल भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै सिफारिस प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भए पनि सरकारले त्यसअनुसार कदम चाल्न सकेको छैन।












