छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय समाजमा जन्मदिन, विवाह, वर्षगाँठ जस्ता विशेष अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। आर्थिक जोखिम तथा भविष्यको सुनिश्चितताका लागि यो चलन लोकप्रिय बन्दै गएको हो।
यसैको थप एक उदाहरणस्वरूप गोदावरी नगरपालिका–०४ निवासी खगेन्द्र मडै र उनकी पत्नीले गरेका छन्। उनीहरूले छोराको जन्मदिनको अवसरमा लाखौं फजूल खर्च गर्नुकोसट्टा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सर्वशुलभ जीवन बीमा’ पोलिसी उपहार दिएका छन्।
खगेन्द्र मडैले यो उपहार छोराको भविष्यको सुरक्षाका लागि मात्र नभई आर्थिक अनुशासन र बचतको लागि पनि भएको बताएका छन्। उनले आमाबुवाको जिम्मेवारी पनि बीमाले केही हदसम्म बहन गर्ने भएकाले यस्तो उपहार दिइएको उल्लेख गरे।
बीमा कम्पनीको अत्तरिया शाखाबाट प्रदान गरिएको उक्त बीमा पोलिसी शाखा प्रमुख मोहन बहादुर बोहराले हस्तान्तरण गरेका थिए। कार्यक्रममा शाखाका डबल एमडीआइटी प्रेम साउद र कुशल एजेन्सी प्रेम धामीको उपस्थिति रहेको थियो।
शाखा प्रमुखले दम्पतीको यो निर्णयलाई प्रेरणादायी भन्दै बधाई तथा बालकको उज्ज्वल भविष्यको कामना व्यक्त गरे।












