बरुण हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न अनुमति
७ जेष्ठ २०८२, बुधबार ०७:२२

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ कित्ता शेयर भएका शेयरधनीले १ कित्ता शेयर खरीद गर्न पाउने गरी निष्कासन गर्नेछ।
हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रूपैयाँ पुग्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।












