सन नेपाल लाइफको नयाँ शाखा कार्यालय कौशलटारमा

७ जेष्ठ २०८२, बुधबार ०८:५३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ६ गते भक्तपुरको कौशलटारमा आफ्नो नयाँ शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।

उद्घाटन समारोहमा कम्पनीका सीईओ, डीसीईओ, बजार व्यवस्थापक, बागमती प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य वरिष्ठ कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो। साथै कम्पनीका ५३ जना बजार प्रबन्धकहरू पनि उपस्थित थिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले नयाँ शाखाबाट ग्राहक सेवा अझ सरल, गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। साथै कम्पनीको सेवा विस्तार र पहुँच अभिवृद्धिमा यो शाखाले महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ।

त्यसै अवसरमा चालु आर्थिक वर्षमा शाखालाई उत्कृष्ट नतिजा दिलाउन विशेष योगदान र्पुयाएका अग्रणी बजार प्रबन्धकहरूलाई विशेष सम्मान तथा कदर समेत गरिएको थियो।

उद्घाटन समारोह उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*