रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन आजबाट सकिँदै

८ जेष्ठ २०८२, बिहीबार ०६:५२

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिँदै छ।

हाल यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेको छ।

लकइन अवधि सकिएपनि संचालक सदस्य तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*