सहकारीको ऋण नतिरी फरार भएका एमालेका नेता प्रकाउ 

८ जेष्ठ २०८२, बिहीबार १५:५६

काठमाडौं । सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले बताएको छ ।

उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो ।तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनी नेकपा एमालेको पर्यटन विभाग सदस्य हुन् । उनी एमालेबाट नेपाल पर्यटन बोर्ड सदस्य समेत भएका थिए ।हाल उनी पार्टीको पेसागत विशेष प्रदेश कमिटी सदस्य हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*