७० भन्दा बढी अभिकर्ताको सहभागितामा सन नेपाल लाइफको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न भएको छ। ७० जना भन्दा बढी अभिकर्ताको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चक्रपथ रिजनले अभिकर्ताहरुलाई लक्षित गर्दै स्मार्ट मलमा ‘इन्सपायर एण्ड अर्न सम्पन्न गरेको कम्पनले जनाएको छ ।
कार्यक्रममा कम्पनीकी प्रदेश प्रमुख लोकमाया अधिकारीले अभिकर्ताहरुलाई अभिप्रेरित गर्दै सफलताको शिखर चुम्नका लागि सधैं सकारात्मक सोच, कडा मेहनत र सफल अभिकर्ताबाट प्रेरणा लिनुपर्नेमा जोड दिएकी थिईन् ।

कार्यक्रममा लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, ट्रेनिङ प्रमुख भुवन मगर, रिजनल म्यानेजर दिपक बस्याल, शाखा प्रमुखहरु स्वेच्छा उप्रेती, देउती थापा, टिका पाठक, सुमित्रा भट्ट र रोशन बुढाथोकीको उपस्थिति रहेको थियो।
कार्यक्रममा कम्पनीका रिजनल म्यानेजर दिपक बस्यालले अभिकर्ता पेशलाई मर्यादित र व्यवसायिक माध्यम बनाउने बिषयमा उजागर गराएका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई बस्यालले उत्प्रेरणात्मक बिषयमा केन्द्रित रहेर प्रस्तुती दिएका थिए ।

चक्रपथ रिजन अन्तर्गतका पाँच शाखाबाट सर्वश्रेष्ठ व्यवसाय गरेका टप थ्रि अभिकर्तालाई विशेष सम्मान गरिएको थियो। त्यस्तै, क्लब क्वालिफायर्ड सात जना अभिकर्तालाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा ७० जना भन्दा बढी अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा अभिकर्ता पेशाका फाइदाहरुको साथै दीर्घकालीन लाभका विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
कम्पनीमार्फत अभिकर्ताको रुपमा काम गरेर १० वर्षसम्म प्रतिफल प्राप्त गर्न सकिने भन्दै निरन्तरता प्रदान गर्न प्रदेश प्रमुख अधिकारीले प्रोत्साहित गरेकी थिइन् । साथै कार्यक्रममा कम्पनीले अभिकर्ताहरुका लागि सञ्चालनमा ल्याएका शुक्र, चन्द्र, मंगल र दर्शन क्लबसम्बन्धी विस्तृत जानकारीको बिषयमा प्रकाश समेत पारिएको थियो ।

कार्यक्रममा एमडिआरटीको लक्ष्य कसरी हासिल गर्ने, सेल्स स्किल्स विकास, अभिकर्ता करिअरको योजना र समग्र व्यवसायिक सफलताका विषयमा समेत प्रशिक्षण तथा प्रेरणा प्रदान गरिएको थियो। इन्स्पायर एण्ड अर्न कार्यक्रमले अभिकर्ताहरुलाई अझ प्रभावकारी ढंगले कार्य सम्पादन गर्न उत्प्रेरणा मिलेको सहभागीहरुको भनाई छ ।













