घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

९ जेष्ठ २०८२, शुक्रबार १०:२८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*