सान्भि इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख १० हजार ५६४ जाना सर्वसाधारण आवेदकहरुले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
कम्पनीले जेठ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिने समय अझै २ दिन बाँकी रहेकाले मागभन्दा बढी आवेदन पर्ने सम्भावना देखिन्छ ।
सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ । सर्वसाधारणले आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल रहनेछ ।













