शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णयले प्रि ओपन सेसनमा नेप्से सूचक ३२.७०अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३२।७० विन्दुले बढेको छ । यससँगै सूचक २७१२।६९ अंकमा आएको छ । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत आजको शेयर बजारमा रौनकता छाएको छ।
आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने व्यवस्था लागू गरिएको छ।
४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७ सय ८९ वटा कारोबार भएको हो । १२७ कम्पनीको मूल्य बढेको छ भने ५ वटाको भाउ घटेको छ ।












