मौद्रिक नितिको समिक्षामा जोखिम भार घटाउने नितिले लगानीकर्ता उत्साहित

काठमाडौं। लगानीकर्ताले वर्षैदेखि उठाउदै आएको माग नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत पुरा गरिदिएको छ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको हो ।
शेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै केन्द्रीय बैंकले जोखिम भार बढाएको थियो । राष्ट्र बैंकको उक्त कदमले शेयर बजार नराम्रोसँग थलिएको थियो । शेयर बजारमा बैंकले मौद्रिक नीति तथा निर्देशन मार्फत लिदै आएको नीतिगत कडाईको चपेटामा परेको थियो । नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर आएसँगै नीतिगत कडाईलाई खुकुलो बनाउन सुरु गरेको देखिन्छ । केन्द्रीय बैंकको यो कदमलाई शेयर बजारका लगानीकर्ताले खुलेर स्वागत गरेका छन ।
केन्द्रीय बैंकमा नवनियुक्त गभर्नर आएसँगै लगानीकर्ताको माग सम्बोधन हुन सुरु भएको छ । राष्ट्र बैंकले सुधार गर्नुपर्ने अझै व्यवस्थाहरु छन । आगामी आर्थिक वर्षको पूर्ण मौद्रिक नीतिमा ती माग पनि सम्बोधन हुनेमा ढकाल आशावादी रहेका छन । यो अवस्थामा लगानीकर्ताहरु नआत्तिने र नहौसी सुझबुझुले कारोबार गरेमा शेयर बजारले उचाई कायम गर्ने लगानीकर्ताहरुको बुझाई रहेको छ ।
समग्रमा शेयर बजार र सुस्ताएको आर्थिक गतिविधिलाई नै केन्द्रित गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको छ । यसले आर्थिक जगतलाई उत्साहित बनाएको छ । यो अवस्थामा सरकारसँगै अन्य निकायले पनि नीतिगत कठिनाई खुकुलो बनाउदै आर्थिक गतिधिलाई चलायमान गर्न जरुरी छ । साथै नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट मार्फत शेयर बजारमा तिरेको पूँजीगत लाभकर नै अन्तिम कर हुने गरि ऐनमा नै व्यवस्था गरिनु पर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।













