नेप्सेका सिईओ र गभर्नरबीच भेटवार्ता, पुँजीबजार सुधार र लगानीकर्ताको हितको बिषयमा छलफल

१२ जेष्ठ २०८२, सोमबार १४:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से)का सिईओ चुडामणी चापागाईले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडलसँग आज शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

शिष्टाचार भेटका क्रममा देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने कुरामा दुबै पक्षले जोड दिएका छन्।

साथै, पुँजी बजारलाई चलायमान बनाँउदै नयाँ उचाईमा पुर्याउनका लागि लगानीकर्ताहरुबाट समयसमयमा उठ्दै आएका मागहरुलाई उचित सम्बोधन गर्ने बिषयमा विस्तृत छलफल भएको नेप्सेले जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*