एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

१४ जेष्ठ २०८२, बुधबार ०६:२०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्रै कम्प्नीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १ः०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*