१२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ

१३ जेष्ठ २०८२, मंगलवार १६:१२

काठमाडौं । १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा। प्र।–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको एसपी बोहराले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*