माई खोला हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति

१३ जेष्ठ २०८२, मंगलवार १९:५९

काठमाडौं । माई खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कमपनीले १ः१ अनुपातमा ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त हकप्रद सेयर जारी हुनेछ ।

माई खोलाको हकप्रद सेयरमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । हाल यसको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्रीपश्चात यसको चुक्ता पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपैयाँ पुग्नेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*