हकप्रद निष्कासनका लागि बरुण हाइड्रोपावरको बुक क्लोज मिति तय
१४ जेष्ठ २०८२, बुधबार ०७:४४

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ २२ गते बुक क्लोज गर्ने भएको छ।
यससँगै जेठ २१ गतेसम्म कम्पनीको शेयर खरीद गर्ने शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तोकिसकेको छैन।














