सूचीकृत नभएका कम्पनीको कारोबार घट्यो, ओटिसी बजारमा मात्र १ अर्ब ७९ करोडको कारोबार

१५ जेष्ठ २०८२, बिहीबार १४:२३

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ओटिसी बजारमा धितोपत्र कारोबारमा गिरावट देखिएको छ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत नभएका पब्लिक कम्पनीहरूको धितोपत्र खरिदबिक्रीका लागि सञ्चालन गर्दै आएको ओटिसी बजारमा फागुन मसान्तसम्म जम्मा रु. १ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको फागुनसम्म ओटिसी बजारमा रु. २ अर्ब ६७ करोड बराबरको धितोपत्र कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*