सरकारद्वारा ११ खर्ब ५० अर्ब राजश्व संकलन

काठमाडौं । सरकारको राजश्व संकलनमा बृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेर ११ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार कुल सङ्कलित राजस्वमध्ये संघबाट सङ्कलित राजस्वको हिस्सा ९२.० प्रतिशत र प्रदेश तथा स्थानीय तहबाट सङ्कलित राजस्वको हिस्सा ८० प्रतिशत रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ मा तीन तहका सरकारको एकीकृत खर्च ०.९ प्रतिशतले घटेर १६ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । एकीकृत खर्चमध्ये संघीय खर्च ६४.२ प्रतिशत, प्रादेशिक खर्च ९.९ प्रतिशत र स्थानीय तहबाट भएको खर्च २५.९ प्रतिशत रहेको छ ।
चालु आवमा तीन तहका सरकारको एकीकृत खर्चमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फको खर्चको हिस्सा क्रमशः ५६.१ प्रतिशत, २७.३ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।













