९९ प्रतिशत जनताको घरमा विद्युत पहुँच विस्तार
१५ जेष्ठ २०८२, बिहीबार १४:५१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१–८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै हालसम्म देशभर वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत घरधुरीमा विद्युत पहुँच विस्तार भइसकेको जानकारी दिएका छन् ।
सर्वेक्षणमार्फत मन्त्री पौडेलले कुल जडित विद्युत् क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको समेत उल्लेख गरेका छन् । आर्थिक वर्षको फागुनसम्ममा एक हजार ७ सय ७५ मेगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ भने ९ सय २९ मेगावाट विद्युत आयात भएको छ ।
सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट बुधबार साँझ ५ बजे संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।












