यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य
१५ जेष्ठ २०८२, बिहीबार १५:३१

काठमाडौँ । आर्थिक वर्षको बजेटका पाँच उद्देश्य रहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट वक्तव्य बाचन गर्दै पाँच उद्देश्य रहेको बताएका हुन् ।
१।उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।
२।उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।
३।आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
४।सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
५।गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।













