लघुवित्त संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली सुधार गरीने, ऋणीलाई के छ सहुलियत ?
१५ जेष्ठ २०८२, बिहीबार १७:५०

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले लघुवित्तका ऋणीहरुलाई आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले लघुवित्त संस्थाहरूको संस्थागत तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरिने बताएका हुन् ।
साथै उनले समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिने बताए ।













