डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर खारेज
१५ जेष्ठ २०८२, बिहीबार १८:४९

डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट)खारेज भएको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो ।
डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो ।
‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु’ मन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ।
१३ प्रतिशत भ्याट हटेपछि अब सेवा प्रदायकले डिजिटल कारोबारमा लाग्ने शुल्क पनि केही घट्नेछ ।
११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क १० रुपैयाँमा झर्नेछ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झर्नेछ ।












