अटोमोबाइल क्षेत्रको लामो प्रतिक्षित माग समेटिएको बजेटमा नाडाको उत्साहपूर्ण स्वागत

१६ जेष्ठ २०८२, शुक्रबार १७:३०

काठमाडौं । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ।

नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र चलायमान बनाउने उद्देश्यले विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा नीतिगत सुझाव र सल्लाहहरू प्रस्तुत गर्दै आएको थियो। यद्यपि नाडाले दिएको सबै सुझावहरु समावेश नगरिए पनि यसपटकको बजेट अटोमोवाइल व्यवसायमैत्री बनेको नाडाको ठहर छ।

बर्षौंदेखिको अटोमोवाइल क्षेत्रको माग र आवाजलाई सम्बोधन गरेको यो बजेट व्यवसायमैत्री रहेको भन्दै नाडाले यसको स्वागत गरेको छ। बजेटले उद्यमी तथा व्यवसायीहरूलाई प्रोत्साहन दिनुका साथै नेपालको समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउने विश्वास नाडाले लिएको छ।

आगामी मौद्रिक नीति पनि यस्तै सकारात्मक र व्यवसाय प्रोत्साहन गर्ने ढंगले आउने अपेक्षा राख्दै नाडाले बजेटमार्फत आफ्नो आवाजलाई सम्बोधन गरिदिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*