डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

काठमाडौं । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बिवरण यस प्रकार रहेको छ ।
१. कैलाली धनगढी उ.म.न.पा. वडा नं. १८ फुलबारी बस्ने बर्ष अं २४ को हरिचन्द्र चौधरी (चालक) दुवै हात, दुवै खुट्टामा चोट अवस्था सामान्य ।
२. ऐ.ऐ. बस्ने वर्ष अं ५० कि चना देवी चन्द दुवै खुट्टा र कम्मरमा चोट अवस्था गम्भिर ।
३. ऐ.ऐ. बस्ने बर्ष ४० कि महेश्वरा देवी चन्द टाउको, घाँटी र बाँया हातमा चोट अवस्था मध्यम ।
४.ऐ.ऐ. बस्ने बर्ष ४२ कि बिर्मा देवी चन्द टाउको र कम्मरमा चोट अवस्था मध्यम ।
५.जिल्ला डोटी के.आई.सिंह गा.पा. वडा नं. ०४ वायल बस्ने बर्ष ४७ को नरेश प्रसाद जोशी टाउको, दाहिने घुडाँमा चोट अवस्था मध्यम ।
६. जि. डडेल्धुरा गन्यापधुरा गा.पा. वडा नं. ३ सकायल बस्ने बर्ष २३ कि राधिका देउवा शरिरमा भित्री चोट अवस्था मध्यम ।
७.ऐ.ऐ. बस्ने राधिका देउवाकी छोरी बर्ष २ कि रियान्सा देउवा बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
८. बोगटान फुड्सिल गा.पा. वडा नं. २ चाल्सा बस्ने बर्ष १९ को धन ब. बम टाउकोमा चोट अवस्था मध्यम














