वित्तीय संकटतर्फ नेपाल बैंक! रेटिङ नकारात्मक संकेतसहित निगरानीमा

काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता रेटिङमा जोखिम देखिएको छ। इक्रा नेपालले बैंकलाई दिएको रेटिङ ‘नकारात्मक संकेतसहितको निगरानीमा’ राखेको छ, जसले आगामी दिनमा बैंकको रेटिङ झर्ने सम्भावना बलियो बनेको देखाउँछ।
हालसम्म नेपाल बैंकलाई दिइएको “ए” श्रेणीको रेटिङ अब ‘निगरानीमा’ राखिएको छ, जसको अर्थ बैंकको आर्थिक स्थायित्वप्रति शंका पैदा भएको हो। यस्ता रेटिङले संस्थाको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा अब पूर्ण विश्वास गर्न सकिँदैन भन्ने सन्देश दिन्छ।
नेपाल बैंक पछिल्लो समय सुध्रन नसकेको, प्रविधिमा लगानी गर्न चुकेको, व्यवस्थापन सुधार्न ढिला गरेको र जोखिम नियन्त्रण गर्न असक्षम देखिएको छ। बैंकमा सरकारी हस्तक्षेप, ढिलो निर्णय प्रक्रिया र पारदर्शिताको अभावसमेत ठूलो समस्या बनेको देखिएको छ ।














