प्रतिकित्ता ११० रूपैयाँमै सप्तकोशी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
१९ जेष्ठ २०८२, सोमबार १०:२१

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ।
बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम बिक्री मूल्य ११० रूपैयाँ निर्धारण गरेको छ भने आवेदन दिँदा घटीमा १०० र बढीमा सम्पूर्ण शेयर माग गर्न सकिने व्यवस्था गरेको छ।
इच्छुक लगानीकर्ताले आज जेठ १९ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।
आवेदन फाराम काठमाडौंको डिल्लीबजारस्थित बिक्री प्रबन्धकको कार्यालयमा पाइने बैंकले जनाएको छ।













