सानिमा रिलायन्सको बीमालेख जेठ २५ सम्म रिन्यू गर्दा छुट

१९ जेष्ठ २०८२, सोमबार १२:४०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गरेमा विलम्ब शुल्कमा छुट दिइरहेको छ।

कम्पनीले गत जेठ १ गतेदेखि नै व्यतित भएका बीमालेखहरू रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ।

कम्पनीले प्रदान गरेको यो सुविधा सकिन अब सात दिनमात्रै बाँकी रहेको छ। जेठ २५ गतेसम्म मात्रै यो सुविधा बहाल रहने भएकाले उक्त अवधिसम्म व्यतित बीमालेख रिन्यू गरेर लाभ प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

साथै केही शर्तहरू लागू हुने पनि कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*