नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न गभर्नरलाई सांसदको प्रस्ताव

१९ जेष्ठ २०८२, सोमबार १३:२९

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्।

सोमबार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्।

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए।

उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने, ‘म राजावादी होइन, गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए। उनकाअनुसार यसले नोटको महत्व बढाउनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*