जीवन बीमकको बीमा कोष १८ प्रतिशतले बढ्यो, कोषमा साढे सात खर्ब रकम संचिती, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोष गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ।
गत बर्षको सोहि अवधिमा ६ खर्ब ४५ अर्ब रुपैयाँ बीमा कोष रहेको बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मा ७ खर्ब ६६ अर्ब रुपैयाँ रकम संचिती रहेको छ ।
तेस्रो त्रैमासमा दुई कम्पनीको मात्रै खर्बको संचिती रहेको छ। व्यवसायमा अब्बल रहेका नेपाल लाइफ र एलआईसी नेपालको जीवन बीमा कोष खर्बमाथि रहेको छ।
बीमा कोषको आधारमा सबैभन्दा धेरै रकम संचिति नेपाल लाइफमा रहेको छ। कम्पनीको बीमा कोषमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ रकम संचिति रहेको छ।
त्यस्तै, एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ रकम संचिती रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा नेशनल लाइफको जीवन बीमा कोषमा ८१ अर्ब ३२ करोड रुपैयाँ, हिमालयन लाइफको ७३ अर्ब ७७ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ५९ अर्ब ८८ करोड रुपैयाँ, एशियन लाइफको ४५ अर्ब ६३ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३९ अर्ब ४५ करोड रुपैयाँ, मेट लाइफको २८ अर्ब ३९ करोड रुपैयाँ, सिटिजन लाइफको १८ अर्ब २ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको १७ अर्ब ८१ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १२ अर्ब ८० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको १२ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफको ११ अर्ब ८४ करोड रुपैयाँ र सन नेपाल लाइफको ९ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
वृद्धिदरको आधारमा
जीवन बीमा कोष गत बर्षको तुलनामा वृद्धिदरको आधारमा सन नेपाल, सानिमा रिलायन्स र सिटिजन अग्रस्थानमा रहेका छन् ।
सन नेपाल लाइफको जीवन बीमा कोष गत बर्षको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष ६ अर्ब ४९ करोड रुपैयाँ बीमा कोष रहेको कम्पनीले यस अवधिसम्ममा ९ अर्ब ५१ करोड रुपैयाँ जीवन बीमा कोष संचिति गरिसकेको छ।
सानिमा रिलायन्स लाइफले गत बर्षको तुलनानमा ४४ प्रतिशतले बीमा कोष वृद्धि गरेर १७ अर्ब ८१ करोड रुपैयाँ पुराएको ।
त्यस्तै, सिटिजन लाइफले गत बर्षको तुलनामा ४३ प्रतिशतले जीवन बीमा कोष वृद्धि गरेको छ।
सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, एशियन लाइफ र एलआईसी नेपालले गत बर्षको तुलनामा जीवन बीमा कोष कम वृद्धि गरेको छ।













